तपाईँ सुन्दै हुनुहुन्छः

प्रादेशिक अस्पतालमा भर्ना सेवा निःशुल्क दिन मुख्यमन्त्री जमरकट्टेलको निर्देशन

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले बागमती प्रदेशका १३ अस्पतालमा क्याबिन र आइसियुबाहेक सबै शय्या निःशुल्क सेवा दिन निर्देशन दिनुभएको छ । यो निर्देशनपछि अब आउँदो भदौ १ गतेदेखि बागमती प्रदेशका सबै प्रादेशिक अस्पतालमा बिरामी भर्ना सेवा निःशुल्क हुने भएको छ ।

प्रदेशको स्वास्थ्य मन्त्रालयले आइतबार सूचना जारी गर्दै निःशुल्क बिरामी भर्ना गर्न प्रदेश मातहतका अस्पतालहरूलाई निर्देशन दिएको छ । ती अस्पतालका क्याबिन, एन आइसियु र आइसियुबाहेक अरू सबै शय्या निःशुल्क गरिनेछ । प्रदेशअन्तर्गत १३ जिल्लाका १३ प्रादेशिक अस्पतालका आठ सय ११ शय्या निःशुल्क उपलब्ध गराइने मन्त्रालयले जनाएको छ । प्रदेशका १३ वटै आयुर्वेद केन्द्रलाई पनि रिह्याबिटेसन र फिजियोथेरापी सेवा निःशुल्क गर्न मन्त्रालयले पत्राचार गरेको छ ।

सामाजिक सेवा एकाइ स्थापना गरी असहाय, अपाङ्ग (वर्ग क र ख), विपन्न, बेवारिसे बिरामीहरूको उपचार व्यवस्थित गर्ने प्रदेशका स्वास्थ्य मन्त्रीको मन्त्री स्तरीय निर्णय गरिएको मन्त्रालयका सूचना अधिकारी डा रविन भुसालले बताउनुभयो । भदौ १ गतेदेखि १३ वटा अस्पतालमा रहेका सामान्य शय्याहरू निःशुल्क उपलब्ध गराउने भएको हो । प्रदेशका सबै जिल्ला अस्पतालबाट नागरिकले आठ सय ११ वटा शय्याबाट निःशुल्क सेवा पाउनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button