तपाईँ सुन्दै हुनुहुन्छः

‘सबै योजनाको ठेक्का ई–विडिङ्ग मार्फत गरियो’

जनकपुरधाम । मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादवले मन्त्रालयले गत आर्थिक वर्षमा सञ्चालन गरेका सबै योजनाको ठेक्का ई–विडिङ्ग मार्फत गरेको जानकारी दिनुभएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले ई–विडिङ्ग मार्फत ठेक्का लगाउँदा पनि पूँजीगत तर्फ ६० प्रतिशतले भौतिक प्रगति भएको बताउनुभयो ।

मन्त्री यादवले सत्य तथ्यमा आधारित समाचार प्रचारप्रसार गर्न पत्रकारहरूलाई आग्रह गर्दे भ्रामक तथा कपोलकल्पित समाचारले पत्रकारितालाई नै बदनाम गरिरहेको बताउनुभयो ।

मन्त्रालयका निमित्त सचिव जय कुमार राउतले मन्त्रालयले यस पटक गरेको सम्पूर्ण कामकाज पारदर्शी रुपमा सम्पन्न भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button