तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा ठुला सवारी आवागमनमा रोक

कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव बढेको छ। नदीमा पानीको बहाव बढेपछि बनबासाको शारदा ब्यारेजमा ठुला सवारी साधन आवागमनमा रोक लगाइएको छ।

पानीको बहाव बढेपछि  आज (सोमबार) बिहानदेखि बनबासा पुलमा चार पाङ्ग्रे सवारी साधन आवागमनमा रोक लगाइएको हो। महाकालीमा पानीको बहाव १ लाख क्युसेक नाघ्ने बित्तिकै जोखिम हुने भन्दै चार पाङ्ग्रे सवारी साधनको आवागमनमा रोक लगाइने गरिएको छ।

लगातारको वर्षाले महाकालीमा पानीको बहाव बढ्ने क्रम जारी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button