एमाले सचिवालय बैठक सुरु

काठमाडौँ । पछिल्लो राजनीतिक घटना र पार्टीको आन्तरिक विविध विषयमा छलफल गर्न नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ ।
सुन तस्करीको घटनामाथि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले सङ्घीय संसद्मा जारी गतिरोधका विषयमा पनि छलफल गर्ने जनाइएको छ ।

सो पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा मध्याह्न १२ः३० बजे बैठक सुरु भएको हो ।








प्रतिक्रिया राख्नुहोस्