तपाईँ सुन्दै हुनुहुन्छः

अवरुद्ध भएको धनगढी-डडेलधुरा भिमदत्त राजमार्ग आंशिक रूपमा खुले

धनगढी  । पहिरोसँगै सडक भासिँदा गत सोमवार रातिदेखि अवरुद्ध भएको धनगढी-डडेलधुरा भिमदत्त राजमार्ग आंशिक रूपमा खुलेको छ । 

कैलालीको गोदावरी नगरपालिका ४ बुढीतोलमा पहिरोसँगै सडक भासिँदा भिमदत्त राजमार्ग अवरुद्ध भएको थियो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले डोजरले पहिरो हटाएपछि आज दिउसोदेखि भिमदत्त राजमार्ग आंशिक रूपमा खुलेको जानकारी दिनुभयो । उहाँले सडक पूर्ण रूपमा सञ्चालनमा आउन नसेकेको बताउनुभयो । 

”खाली गाडी चल्न थालेका छन्, तर लोडगाडी तथा मालवाहक ट्रक राजमार्ग चल्न सक्ने अवस्था छैन, राजमार्ग सुचारुका लागि डोजरले काम गरिरहेछ, चाँडो सुचारु गर्ने सबै प्रयास जारी छ” उहाँले भन्नुभयो । 

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लालाई तराईसँग जोड एक मात्र भिमदत्त राजमार्ग गत सोमवार अवरुद्ध भएको थियो । राजमार्ग अवरुद्ध सार्वजनिक यातायातका साधन प्रभावित हुनाका साथै खाद्यान्न लगायतका सामाग्री ढुवानी कार्य ठप्प भएको थियो । यो राजमार्गलाई प्रदेशको लाइफलाइनमा रूपमा लिने गरिन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button