तपाईँ सुन्दै हुनुहुन्छः

‘कोशी प्रदेशको स्थायित्व र विकासका लागि दलीय सहमति आवश्यक’

झापा । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दलहरू मिलेर प्रदेश चलाउनुको विकल्प नरहेको बताउनुभएको छ ।

झापाको कनकाई नगरपालिकास्थित कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको १४ औँ क्याम्पस सभाको उद्घाटन गर्नुहुँदै उहाँले कोशी प्रदेशमा सरकारको स्थायित्व र विकासका लागि दलीय सहमति आवश्यक रहेको बताउनुभयो ।

मुख्यमन्त्री थापाले यो गठबन्धनको झिनो बहुमतले सरकारको प्रगति र समृद्धिलाई पूर्णता दिन नसक्ने बताउँदै सरकारको स्थायित्वका लागि दलहरूबीच सहमति, सहकार्य र एकता अनिवार्य रहेको बताउनुभयो । सरकार अब सबै दलहरूबिचमा सहमति, सहकार्य र एकता गरेर अघि बढ्ने उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button