निकुञ्जको चोरी शिकारी नियन्त्रणमा हात्तीको भूमिका महत्त्वपूर्ण

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चोरी शिकारी नियन्त्रणमा हात्तीको महत्त्वपूर्ण भूमिका रहेको छ । जस्तो अवस्थामा पनि हात्तीको प्रयोग गरि निकुञ्जमा हुन सक्ने चोरी शिकारी नियन्त्रणका लागि गस्ती गर्ने गरेको हात्ती सारका प्रमुख दरोका शिव दत्त चौधरीले बताउनु भएको छ ।
दरोका शिव दत्त ले शुक्लाफाँटा निकुञ्जमा दुईवटा बच्चा र ६ वटा ठुला गरि ८ वटा हात्ती रहेका र उनीहरूको रेखदेख र स्याहार गर्न २३ जना कर्मचारी खटिएको जानकारी दिनु भयो ।

हात्तीसार मा ५ ,शुक्लामा २ र मालुमेला पोष्टमा १ हात्ती रहेका छन् । तीन वटा पोष्टमा हात्तीको रेखदेख गर्न माउते,पछुवा, फणित, दरोका र पशु चिकित्सक गरि २३ जना कर्मचारी रहेका छन् ।
हात्तीले दिनमा १५ किलो धान,डेढ किलो गूढ र २५ ग्राम नुन सहित पाँच कुण्डल हरियो घाँस खाने गरेको छ ।
आज विश्व हात्ती दिवसको उपलक्ष्यमा प्रकृति संरक्षण कोषको कार्यालयले हात्तीहरूको योगदानको सम्मान गर्दै फलफूल खुवाएको छ ।









प्रतिक्रिया राख्नुहोस्