तपाईँ सुन्दै हुनुहुन्छः

एमालेका सांसदहरूको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले अवरोध गरेपछि साउन २९ गतेसम्मका लागि बैठक स्थगित भएको छ । 

आज दिउसो १ः०० बजे सुरु भएको बैठकमा एमाले सांसदहरूले आफ्नो आसनबाट उठेर नाराबाजी गरेर विरोध जारी राखेपछि बैठक स्थगित भएको हो ।

सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै एमाले सांसद ज्वालाकुमारी साहले बोले लगत्तै सांसदहरूले नाराबाजी र वेल घेराउ गर्नुभएको थियो । 

सभामुख देवराज घिमिरेले सांसदहरूलाई बैठक सञ्चालन गर्न बारम्बार आग्रह गर्दा पनि एमाले सांसदहरूले नाराबाजीसहित विरोध जारी राखेपछि बैठक स्थगित  गरिएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक साउन २९ गते सोमबार दिउँसो १ः०० बजे बस्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button