राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ ।
समसामयिक विषयमा सांसदहरूले धारणा राखिसकेपछि प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि बैठक स्थगित भएको हो ।
आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन ,२०८० र कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यविधि थप गर्ने विषय सभासमक्ष पेस गर्ने कार्यसूची रहेको थियो ।
आजको बैठकमा सांसद्हरुले विकसित राजनीतिक घटनाप्रति आफ्नो धारणा राख्नुभयो ।
बैठकमा सत्ता पक्षीय सांसद्हरुले सुन प्रकरणको सत्यतथ्य छानवीनका लागि राज्यका निकायलाई विश्वास गर्नुपर्ने धारणा राख्नुभएको छ भने प्रतिपक्षी दलका सांसदहरूले सुन प्रकरणमा उच्चस्तरीय छानवीन समिति नबनाएर सरकारले संसद् अबरुद्ध गर्न बाध्य पारेको बताउनुभयो ।
सत्ता पक्षीय सांसद्हरुले बाढी पहिरो पीडितलाई राहत उद्धार तथा पुनर्वासको व्यवस्था, बजारको प्रभाबकारी अनुगमन, लम्पी स्कीन रोग नियतन्त्रणका लागि पहल थाल्न्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिपक्षी दलका सांसद्हरुले डेंगु रोगको महामारी नियन्त्रण, लम्पी स्कीन रोगको नियन्त्रण, बाढी पहिरो पीडितलाई राहात उद्वार र पुनस्र्थापना गर्न सरकार उदासीन रहेको आरोप लगाउनुभयो ।
राष्ट्रियसभाको अर्को बैठक साउन ३१ गते बुधबार दिउँसो १ः०० बजे बस्ने छ ।








प्रतिक्रिया राख्नुहोस्