तपाईँ सुन्दै हुनुहुन्छः

पहिचानको राजनीति भन्दै साम्प्रदायिक द्वन्द्व बढाउन हुँदैनः अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्याय, समानता र पिछडिएका जातजाति वर्गलाई अगाडि ल्याउने सन्दर्भमा धेरै विकसित देशहरू भन्दा नेपाल अगाडि रहेको बताउनुभएको छ ।

ललितपुरको च्यासलमा विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आदिवासी जनजाति, महिला, दलित र पिछडिएको वर्गलाई अगाडि बढाउन नेपालको संविधानले आरक्षण र समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेको बताउनुभयो ।

संविधानले दिएको उपलब्धिप्रति सबैले गर्व गर्दै खुसी हुनुपर्ने भन्दै अध्यक्ष ओलीले कसैले पनि पहिचानको राजनीति भन्दै साम्प्रदायिक द्वन्द्व बढाउन नहुने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button