कक्षा ११ का ७७ छात्रालाई साइकल वितरण
महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाले कक्षा ११ मा अध्ययनरत छात्राहरूलाई साइकल वितरण गरेको छ।

श्री राम माध्यमिक विद्यालय मटिहानीका कक्षा ११ मा अध्ययनरत ७७ जना छात्राहरूलाई साइकल वितरण गरिएको हो ।
आइतबार आयोजित एक कार्यक्रमबीच मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डलले साइकल वितरण गर्नुभयो ।

विद्यालयमा सहज रुपमा पुग्न र पठन–पाठनमा सहयोग पुर्याउने उद्देश्यले पालिकाले विगत ४ वर्षदेखि कक्षा ११ का छात्राहरूलाई साइकल वितरण गर्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्