माओवादी केन्द्रीय समिति बैठक : अध्यक्ष प्रचण्डले जवाफ दिँदै
काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिइरहनुभएको छ ।

बुधवारदेखि काठमाडौँमा जारी केन्द्रीय समिति बैठक आज पार्टी अध्यक्ष प्रचण्डले जवाफ दिएसँगै प्रतिवेदन पारित गरि बैठक सकाउने तयारी गरिएको छ ।
जारी बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नु भएको वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि २ सय भन्दा बढी जना केन्द्रिय सदस्यले बैठकमा धारणा राख्नुभएको छ ।

बाँकी सदस्यको धारणा लिखित रुपमा लिने गरी बैठक सक्ने तयारी भएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन् ।

केन्द्रिय सदस्यहरूले पार्टी रूपान्तरण, आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, युवा सहभागिता लगायतका विषयसँगै पार्टीभित्र उत्तराधिकारी तयार गर्नुपर्ने लगायतका विषय उठाउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्