तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सकिँदै

काठमाडौँ । बुधवारदेखि काठमाडौँमा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सकिँदै
छ ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएसँगै प्रतिवेदन पारित गरि बैठक सकाउने तयारी गरिएको छ ।

आज दिउँसो १ बजेबाट शुरु हुने बैठकमा नेताहरूले धारणा राखेपछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम तय भएको छ ।
जारी बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नु भएको वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि २ सय भन्दाबढी जना केन्द्रिय सदस्यले बैठकमा धारणा भएको छ ।

बाँकी सदस्यको धारणा लिखितरुपमा लिने गरी बैठक सक्ने तयारी भएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन् ।

बैठकमा सहभागी केन्द्रिय सदस्यहरूले पार्टी रूपान्तरण, आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, युवा सहभागितालगायतका विषयसँगै पार्टी भित्र उत्तराधिकारी तयार गर्नुपर्ने लगायतका विषय उठाउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button