तपाईँ सुन्दै हुनुहुन्छः

महिला सङ्घको विषयलाई लिएर नवलपरासी काङ्ग्रेसमा विवाद

नवलपरासी।महिला संघको जिल्ला नेतृत्व चयनको बिषयलाई लिएर पश्चिम् नवलपरासी काङ्ग्रेसमा विवाद उत्पन्न भएको छ ।

महिला संघ जिल्ला कार्यसमितिको पदावधि सकिए सगै केन्द्रले जिल्ला सभापतिका लागि तीन जनाको नाम सिफारिस गर्न जिल्ला कार्यसमितिलाई पत्र पठाएको थियो ।

तर केन्द्रले पत्र पठाएकै भोलि पल्ट तारादेवी भण्डारीलाई सभापति मनोनयन गरिएको पत्र पठाएको थियो ।जिल्लाले सिफारिस गर्न नपाउदै अध्यक्ष उषा रावत मिश्रले भन्डारीलाई नै तोकेर पत्र पठाएपछि जिल्लाका महिला नेतृहरुले बिधान बिपरित भएको भन्दै असन्तुष्टि ब्यक्त गरेका छ्न ।

केन्द्रको निर्णयमा आपत्ती जनाउँदै कृयाशिल महिलाहरूको भेलाले पश्चिम् नवलपरासीमा मिठु कुमारी केसिको नेतृत्वमा १५ सदस्यीय महिला संघ तदर्थ समिति गठन गरेका छन ।

“सबै महिलाहरू अवसरका लागि पार्टीमा दुख गरेका छ्न कुनै ब्यक्ति विशेषलाई नै तोकेर पठाउने भए अरुले राजनीतिक किन गर्नु,जिल्लामा छलफल हुनु पर्दैन?”महिला नेतृ तथा तदर्थ समितिका अध्यक्ष मिठु केसि को भनाई छ ।भेलामा उपस्थित महिलाहरुले काङ्ग्रेसमा अझै पनि टिके प्रथाको अन्त्य हुन नसकेको बताएका छन ।

केन्द्र बाट पत्र आएसगै जिल्लामा केही मत्थरीएको बिवाद पुन:चुलिएको छ ।मुलत सस्थापन पक्षले एकोहोरो रुपमा पत्र पठाएको र बिधान अनुरुप चल्नु पर्ने भन्दै ईतर समुहले असन्तुष्टि जनाउदै आएको छ ।केन्द्रले तोकेर पठाएको पत्र आधिकारिक भएकोले सोही मनोनयन नै मान्य हुने जिल्लाका सस्थापन पक्षका नेताहरूको भनाई छ ।तर पत्र आएपछि महिला संघमा आबद्ध महिलाहरुले आफुहरुको राजनीति भविष्य केन्द्रले खोस्ने प्रयास गरेको भन्दै आपत्ति जनाएका छन ।

सस्थापन समुहका नेता एवम् पुर्वगृहराज्यमन्त्री देवेन्द्रराज कण्डेको दवाबमा केन्द्रले पत्र पठाएको उनिहरुको आरोप रहेको छ ।यता नेता कंडेलले भने बिधानमा जिल्ला सभापति हुनलाई महाधिवेशन प्रतिनिधि हुनुपर्ने प्रावधान रहेकाले जिल्ला कार्यसमितिले समयमै तेस्तो नाम सिफारिस गर्न नसकेकाले केन्द्रले अन्य जिल्लामा जस्तै तारादेवी भण्डारीलाई मनोनयन गरेर पठाएको दावी गर्नु भयो ।”यो सामान्य बिषय हो अरु जिल्लामा पनि पत्र आएको छ,तदर्थ समिती अधिबेशन सम्म मात्रै हो यसलाई ठूलो बिषय बनाउनु जरुरी छैन”नेता कंडेलको भनाई छ ।

केन्द्रले पत्र पठाउदा महाधिवेशन प्रतिनिधि मध्ये बाट भनेर पत्रमा स्पष्ट नखुलाएको र पत्र पठाउने बितिकै कुनै समय नदिई केन्द्र बाटै मनोनित गरिएकाले कृयाशिल महिलाहरुले आपत्ती जनाएको ईतर समुहका नेता बिक्रम खनालको भनाई छ ।”महाधिवेशन प्रतिनिधि रहनु पर्ने कुरा बिधानमा रहेपनी ठिक छ,तर पत्रमा पनि नखुलाईने समय पनि नदिई सिफारिस गर्ने के यो उचित हो?खनालको प्रश्न छ ।तदर्थ समिती रहेपनी सबै महिलाहरुको भावनालाई कदर गरिनु पर्ने खनालको धारणा छ ।

जिल्लामा ईतर समुहबाट बिक्रम खनाल र सस्थापन पक्ष बाट पुर्वगृहराज्य मन्त्री देवेन्द्रराज कंडेलको दुई गुट रहेकाले जिल्लामा सधै विवाद उत्पन्न हुने गरेको छ । नवलपरासी क्षेत्र नम्बर १ बाट बिक्रम खनाल र बिनोद चौधरीको टिकट विवाद भएपछि अन्तत सस्थापन पक्षका बिनोद चौधरीले टिकट हात पार्नु भएको थियो ।त्यसपछिको बिबाद उत्कर्षमा पुग्दा जिल्लामा काङ्ग्रेसमा पछिल्लो समय तीन धार देखिन थालेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button