तपाईँ सुन्दै हुनुहुन्छः

‘सरकारी उद्योगहरूलाई पि.पि. मोडेलमा निजीकरण गरिने’

बारा । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सरकारले आफ्नो मातहत अन्तर्गत रहेका उद्योगहरूलाई चाँडै नै पि.पि. मोडेलमा निजीकरण गरिने बताउनुभएको छ ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घको छैटौँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै मन्त्री रिजालले सरकारले सञ्चालन गरेको कुनै पनि उद्योगले गति लिन नसकेका कारण यसलाई निजीकरण गर्नेतर्फ ध्यान केन्द्रित भएको बताउनुभयो ।

पि.पि. मोडेल अन्तर्गत ५० प्रतिशत भन्दा बढी जिम्मा निजी क्षेत्रलाई दिएर १५ देखि २० प्रतिशतसम्म व्यवस्थापनको जिम्मा सरकारले आफैँ राख्ने मन्त्री रिजालले जानकारी दिनुभयो ।

यो मोडेलमा कार्य गर्न गृहकार्य अगाडि बढिसकेको र चाँडै निजी एकाइको बैठक राख्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button