नवलपरासीमा पुजारीको टाउकोमा चक्कु प्रहार
नवलपरासी ।पश्चिम नवलपरासीमा एक पुजारीमाथि चक्कु प्रहार भएको छ ।हत्या गर्ने मनशायले चक्कु प्रहार गरिएको प्रहरीले जनाएको छ ।
जिल्लाको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर २ भक्सिपुरमा रहेको रामजानकी मन्दिरका पुजारी ५५ वर्षीय जयसराज पाण्डे माथि चक्कु प्रहार भएको छ । अपरिचित एक व्यक्तिले बिहिवार दिउसो साढे तिन बजे तिर पाण्डेको टाउकोमा चक्कु प्रहार गरी मोबाइल लुटेर फरार भएको प्रहरीले जनाएको छ।
टाउकोमा चोट लागेका पाण्डेको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेयले जानकारी दिनुभयो । उहाँको पृथ्वी चन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ ।
चक्कु प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्