तपाईँ सुन्दै हुनुहुन्छः

प्रस्तावित छ राजदूतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन 

काठमाडौँ । संसदीय सुनुवाई समितिले विभिन्न देशका लागि प्रस्तावित छ राजदूतको नाम अनुमोदन गरेको छ । 

समितिको आज बसेको बैठकले सरकारले विभिन्न मुलुक तथा कूटनीतिक नियोगका लागि सिफारिस गरेका ६ जना राजदूतको संसदीय सुनुवाई सकेर अनुमोदन गरेको हो ।

समितिले न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगमा सहसचिव लोकबहादुर थापा, स्वीजरल्याण्डका लागि आवासीय राजदूतमा सहसचिव रामप्रसाद सुवेदी, फ्रान्सका लागि सहसचिव सुधीर भट्टराई, सहसचिव घनश्याम लम्साल कुवेत, सहसचिव तेजबहादुर क्षेत्री संयुक्त अरब इमिरेट्स र धनबहादुर वलीलाई थाइल्यान्डका लागि राजदूत पदमा अनुमोदन गरेको हो ।

सरकारले गत असार २६ गते विभिन्न मुलुकका लागि ६ जना परराष्ट्र सेवाका सहसचिवलाई राजदूत पदका लागि सिफारिस गरेको थियो ।

समितिको साउन ३ गतेको बैठकले सार्वजनिक सूचना जारी गरी उजुरी आव्हान गरेको थियो । 

समितिमा राजदूत नियुक्तिका विषयमा पाँच वटा उजुरी परेका थिए, जसमा तीन वटा उजुरी सैद्धान्तिक र दुई वटा उजुरी व्यक्तिगत रहेकामा ती सबै उजुरी र सिफारिस भएका व्यक्तिहरूको अवधारणा, सोच र आगामी कार्ययोजना बारे सुनुवाई गरेर राजदूतका लागि अनुमोदन गरेको बैठकपछि समितिका सभापति ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button