तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाले लिनुभयो पद तथा गोपनीयताकाे शपथ 

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज एक समारोहका बीच पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । 

नेपालको संविधानको धारा १६८ को उपधारा (९)बमोजिम नवनियुक्त मन्त्री त्रय आर्थिक मामिला तथा योजना मन्त्री बाबुराम गौतम, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री प्रदीपकुमार सुनुवार र भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगुलाई कार्य विभाजनसहित प्रदेश प्रमुख खापुङले सोही समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button