पन्ध्र बुँदे घोषणापत्र जारी गर्दै सकियो एमालेको जनप्रतिनिधि प्रशिक्षण
रुपन्देही । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको आयोजनामा तीनै तहमा लुम्बिनी प्रदेशबाट निर्वाचित जनप्रतिनिधिको भेला तथा प्रशिक्षण कार्यक्रम १५ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ ।
कार्यक्रममा पार्टीबाट निर्वाचित राष्ट्रिय सभा, संघीय तथा प्रदेश सभाका सांसदहरु, स्थानीय तहका प्रमुख तहका प्रमुख उपप्रमुख, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूलाई गरी ५ सय सहभागी रहेको एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले बताउनुभयो ।
भेलाले सङ्घीयतालाई बलियो बनाउने गरी पार्टीबाट निर्वाचित जनप्रतिनिधिले भूमिका खेल्न आवश्यक रहेको निष्कर्ष निकालेको बताउँदै उहाँले पारित घोषणापत्रमा वडाको आर्थिक अधिकार बढाउन लागिपर्ने, देश र जनताको हितका लागि बढीभन्दा बढी केन्द्रित हुने, निर्वाचनमा गरिएका वाचा र घोषणापत्रप्रति प्रतिबद्ध हुने, जनसरोकारका सवालमा प्रतिबद्ध हुने निर्णय गरेको बताउनुभयो ।
यसैगरी महिला प्रमुख र उपप्रमुख रहेको स्थानीय तहमा कुनै पनि खालको विभेद हुन नदिने र महिलालाई कार्यकारी पदमा प्रोत्साहन गरिनुपर्ने, निर्वाचन प्रणालीमा सुधार गरी गरिब जनताका सन्तान पनि जनप्रतिनिधि बन्न सक्ने बनाउन पहल गरिने, भ्रष्टाचार अन्त्यका लागि पहल गरिने लगायतका विषय समेटिएको कँडेलको भनाइ छ ।
भेलालाई पार्टी उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल सम्बोधन गर्नुभएको थियो । शनिबार अध्यक्ष केपी शर्मा ओलीले यसको उद्घाटन गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्