तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकको भविष्य विद्यार्थीको काँधमा : नेता डा कोइराला

विराटनगर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइरालाले मुलुकको भविष्य विद्यार्थीको काँधमा रहेको बताउनुभएको छ ।

नेपाल विद्यार्थी संघ मोरङको नेतृत्व विकास तथा प्रशिक्षण कार्यक्रमको विराटनगरमा उद्घाटन गर्नुहुँदै उहाँले देशको भविष्य बनाउने विश्वास युवा विद्यार्थीमाथि भएकाले त्यो भरोसा र विश्वासलाई डगमगाउन दिन नहुने बताउनुभयो ।

राजनीतिक स्थायित्व कायम नभएसम्म मुलुकको विकास सम्भव नहुने भएकाले त्यसका लागि भ्रष्टाचार र दण्डहीनता अन्त्य हुनुपर्ने उहाँको भनाई छ ।

कार्यक्रममा नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझी, नेपाली कांग्रेस विराटनगर महानगर सभापति दिपक चापागाईँ नेपाली कांग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेस गुप्ता, नेविसंघका पूर्व सह–महामन्त्री कृष्ण कार्की, नेपाली कांग्रेस क्षेत्रीय सभापति विनोद बस्नेत, विद्यार्थी नेता गोपाल सेढाई, नेपाल दलित संघ मोरङका सभापति रामकुमार विश्वकर्मा तथा नेपाल तरुण दलका केन्द्रीय सदस्य विष्णु भुर्तेल लगायतले पार्टीले आफ्ना भातृ सङ्घ-संगठनलाइ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button