१२ जना दृष्टिविहीनहरूद्वारा प्याराग्लाइडिङ (फोटो फिचर)
कास्की । सोमवार काठमाडौँकी नारायणी दवाडीले घरमा रहेकी आमालाई फोन गरेर सकुशल ल्यान्ड भयो भन्दै फोन गर्नुभयो । दृष्टिविहीन दवाडीले पहिलो पटक प्याराग्लाइडिङ उडान गर्नुभएको हो ।

पोखराको पामेमा सोमवार १२ जना दृष्टिविहीनहरूले आकाशमा फन्का लगाए । मान्देडुङगावाट उडान भरेर हावामा कावा खादै बादल छोए । ब्लाइन्ड रक्सले दुई जना विदेशीसहित १० जना नेपालीलाई प्याराग्लाइडिङ संस्था ना को सहकार्यमा प्याराग्लाइडिङ गराएको रक्सका अध्यक्ष सृष्टि केसीले जानकारी दिनुभयो ।

व्यक्तिगत रुपमा दोस्रो प्याराग्लाइडिङ गर्नुभएकी अध्यक्ष केसीले यस अघि पनि संस्थाले र्याफटिङ, रकक्लाइविङ र क्यानोनीङ लगायत साहसिक कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

पोखरा पृथ्वीनारायण क्याम्पसमा अध्ययन गर्दै आएकी वाग्लुङकी चाँदनी भुजेलले दृष्टिविहीनहरूले पनि सहजै प्याराग्लाइडिङ गर्न सक्छन् भन्ने सुनाउन पाउँदा खुसी लागेको बताउनुभयो ।

सोमवार पोखराको मौसम पनि लामो समयको वर्षापछि खुलेको थियो । प्याराग्लाइडिङमा वाग्लुङ, भक्तपुर, काठमाडौँ लगायतका विभिन्न क्षेत्रमा कार्यरत दृष्टिविहिनिहरुको सहभागिता रहेको थियो ।











प्रतिक्रिया राख्नुहोस्