माओवादी केन्द्रले केन्द्रिय समितिको बैठकको प्रत्यक्ष प्रसारण गर्ने
काठमाडौँ । नेकपा माओवादी केन्द्रले साउन १७ गतेदेखि हुने केन्द्रिय समितिको बैठकको प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पदाधिकारी बैठकले साउन १७ गते केन्द्रीय समिति बैठक बस्ने र बैठकबारे सही सूचनाको प्रवाह गर्न प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिनुभयो ।
पदाधिकारी बैठकमा आगामी मंसिरमा विधान सम्मेलन गर्ने विषयमा छलफल गरेर पार्टीको विधान अधिवेशनलगायतका विषयमा छलफल गर्नका लागि केन्द्रीय समिति बैठक डाकेको महासचिव गुरुङले बताउनुभयो ।
केन्द्रिय समितिको बैठक पाँच दिनसम्म चल्ने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्