नालाले बगाएर बालकको मृत्यु
बारा । बाराको निजगढमा नालाले बगाएर बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा निजगढ नगरपालिका ८ शहीद चोकमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका रितेश साहका ११ महिनाका छोरा ऋषि साह रहेको प्रहरीले जनाएको छ ।
अविरल वर्षाका कारण नालामा पानीको बहाव बढेको बेलामा खेल्ने क्रममा पसल अगाडीको नालामा पस्न पुगेका बालकको नालाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्