पोखरामा यस वर्षकै धेरै वर्षा मापन
कास्की । नेपालको चेरापुञ्जु भनेर चिनिने पोखरामा यस वर्षकै धेरै वर्षा मापन रेकर्ड भएको छ ।

गएको २४ घण्टामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गरिए अनुसार १७४.५ मिलिमिटर वर्षा मापन भएको छ । यस क्षेत्रमा सबैभन्दा धेरै वर्षा सन् २०२० मा ५४५४.२६ मिलिमिटर मापन भएको जल तथा मौसम विज्ञान कार्यालय पोखराकी मेटेरियोलोजिष्ट रिताकुमारी महतले जानकारी दिनुभयो ।
महतका अनुसार सबैभन्दा थोरै वर्षा सन् १९८९ मा १८ सय ४५.१ मिलिमिटर वर्षा मापन गरिएको थियो । पोखरामा सदर २५ सय देखि ३ हजार मिलिमिटर सम्म वर्षा हुने गरेको छ । गएको वर्ष आजै दिन यस क्षेत्रमा २ सय ४९ मिलिमिटर वर्षा मापन गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्