तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले पुर्दा घाँस काट्न गएका दुई जनाको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिममा पहिरोले पुर्दा घाँस काट्न गएका दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको बाँफिकोट गाउँपालिका ७ को बाँस थलामा घाँस काट्ने क्रममा माथिबाट पहिरो खसेर पुर्दा २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाँफिकोट ७ की ४५ वर्षिया धनमाया खत्री र सोही ठाउँका ४४ वर्षीय कालीबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोमा पुरिएर बाँफिकोट ७ कै ४२ वर्षिया बलकुमारी खत्री घाइते हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button