तपाईँ सुन्दै हुनुहुन्छः

नारायणगढ मुग्लिन सडकखण्ड दुईतर्फी रुपमा सञ्चालन 

चितवन  । अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी नै सञ्चालनमा आएको छ ।

बिहानदेखि पूर्ण रुपमा अवरुद्ध भएको सडकखण्ड अपराह्न ३ बजेर ४० मिनेटमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी विजयराज पण्डितले जानकारी दिनुभयो । 

इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित पांँचकिलोमा माथिबाट लेदोसहितको पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button