विषालु च्याउको सेवनबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो
रोल्पा । रोल्पामा विषालु च्याउको सेवनबाट असार २६ यता मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ । मृत्यु हुने सबै लुङ्ग्री गाउँपालिका ५ बुझिङका बासिन्दा हुन् ।

आज लुङ्ग्री गाउँपालिका ५ बुझिङ निवासी २६ वर्षीया विमला विकको उपचारका क्रममा लुम्बिनी सिटी हस्पिटल बुटवलमा मृत्यु भएको हो । साउन २ गते विक परिवारकै ७ वर्षीय बालिका रोशनी विकको मृत्यु भएको थियो ।
असार २६ गते विषालु च्याउ खाएर बिरामी परेका सोही ठाउँका एकै परिवारका ३३ वर्षीया भिमा गुरुङ, ११ वर्षीय सुशील गुरुङ र ६ वर्षीय प्रेम गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश भुषालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्