तपाईँ सुन्दै हुनुहुन्छः

बझाङका ८ वटा पालिकाले गरे सार्वजनिक सुनुवाई   

बझाङ  ।  गत वर्ष सञ्चालन गरेका योजना कार्यक्रम बजेट खर्चको जानकारी दिन र नागरिकहरूको पालिकाको सेवा प्रवाहप्रतिको गुनासो जिज्ञासा बुझी सुशासन कायम गर्ने उद्देश्यले बझाङ जिल्लाका ८ वटा पालीकाले सार्वजनिक सुनुवाइको कार्यक्रम सकिएको छ । 

सार्वजनिक सुनुवाइ कार्यक्रममा जनताहरूले पालिका वडा कार्यालय बाट सेवा लिँदा भोगेका समस्याहरू, योजना कार्यक्रमहरूको गाउँघरमा भएको अनियमितता कमीकमजोरीका विषयमा धेरै गुनासो राखेका थिए । 

जिल्लामा १२ वटा स्थानीय तह भएपनि हालसम्म ८ वटा पालिकाले मात्र सार्वजनिक सुनुवाइ गरेको छ । 

सुशासन पारदर्शिता र जबाफदेहिताको प्रमुख औजार मानिएको सार्वजनिक सुनुवाइ गर्ने पालिकाहरूमा केदारस्युँ गाउँपालिका, बित्थडचिर गाउँपालिका, थलारा गाउँपालिका, दुर्गाथली गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, छविसपाथीभेरा गाउँपालिका , मष्टा गाउँपालिका, र जयपृथ्वी नगरपालिका रहेका छन् । 

यी सबै पालिकाले साउन पहिला साता तिर सार्वजनिक सुनुवाइको कार्यक्रम गरेको हो । 

सार्वजनिक सुनुवाइ कार्यक्रममा एकातर्फ पालिका जबाफदेही वक्ता र अर्कोतर्फ जनताहरू बीच सेवा प्रवाहका विषयमा सवाल जवाफ हुने गर्दछ । 

वर्षभरिमा चार पटक सार्वजनिक सुनुवाइ गर्नुपर्ने कानुनी प्रावधान भएपनि तर पालिकाहरूले भने वर्षको एक पटक आर्थिक वर्ष सम्पन्न भएको अन्ततिर गर्ने गरेका छन् । 

सार्वजनिक सुनुवाई गर्न बाँकी रहेका पालिकाहरूमा तलकोट गाउँपालिका , साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका र बुगंल नगरपालिका रहेका छन् । 

अघिल्लो पाँच वर्षे कार्यकालमा बुगंल नगरपालिका, सुर्मा गाउँपालिका र साइपाल गाउँपालिकाले सार्वजनिक सुनुवाइ गरेको थिएन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button