तपाईँ सुन्दै हुनुहुन्छः

बाहुन बस्ती नजिक बनाएको भन्दै दलितको घर भत्काइयो

बैतडी । बझाङ्ग जिल्लाको बित्थडचीर गाउँपालिका–७ स्याल ढुङ्गामा एक दलितको घर गैर दलितहरूले भत्काइदिएका छन् ।

ब्राह्मण बस्ती नजिक घर बनाएको भन्दै ३ दर्जन बढी गैर दलितहरूले घर निर्माणाधीन घर भत्काइदिएका हुन् ।

बुधबार भएको उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । स्थानीय पुट्के ओखेडाको घर कृष्ण जोशी, भवानी जोशी र कित्थे जोशीको नेतृत्वमा पुगेका ३०–४० जनाको टोलीले भत्काइदिएको पीडित पुट्केका छोरा करनले बताए ।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिए पनि प्रहरीले खासै चासो नदिएको पीडित पक्षको गुनासो छ । अहिले पीडित परिवार न्यायका लागि सदरमुकाम चैनपुर पुगेको छ ।

केही व्यक्तिले सार्वजनिक जमिन भनेर भत्काएको बताएपनि उक्त जमिनको लालपुर्जा आफूसँग सुरक्षित रहेको पीडित पक्षको भनाई छ ।

यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button