तपाईँ सुन्दै हुनुहुन्छः

सुशासन कायम गर्नतर्फ समितिले केन्द्रित भएर काम गर्नुपर्नेमा सांसदहरूको जोड

काठमाडौँ । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिमा आगामी कार्य योजनाका सम्बन्धमा छलफल भएको छ । 

छलफलमा सांसदहरुले पछिल्ला समय भ्रष्टाचार बढ्दै गएकाले सुशासन कायम गर्नतर्फ समितिले केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । 

सांसदहरुले सुशासनसम्बन्धी नियमक निकायको स्थलगत अनुगमन, गरिनुपर्ने, नागरिकदेखि उच्च पदस्थ अधिकारीसम्मलाई सदाचार सिकाउनुपर्ने, सडक दुर्घटना न्यूनीकरणलगायतका विषयमा योजनाबद्ध रूपमा समितिले काम गर्नुपर्नेमा जोड दिनुभयो । 

बैठकमा समितिको हालसम्मका प्रगति विवरण समिति सचिव डा. रोजनाथ पाण्डेले प्रस्तुत गर्नुभयो । 

दलित समुदायमाथिको विभेद र उत्पीडन अन्त्य गरी सामाजिक सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित सङ्कल्प प्रस्ताव कार्यान्वयन उपसमितिले मस्यौदा तयार गरी आजै समितिका सभापति प्रकाश पन्थलाई बुझाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button