तपाईँ सुन्दै हुनुहुन्छः

राप्ती नदीको बाढीमा फसेका २६ जनाको उद्धार

नेपालगन्ज । बाँकेमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले राप्ती नदीमा आएको बाढीमा फसेका २६ जनाको उद्धार गरेको छ ।

गएराति नरैनापुर गाउँपालिका–५ भगवानपुर घाटमा राप्तीको भँगालोमा फसेका २६ जनाको सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीले उद्धार गरेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । 

नेपाल–भारतको सिमावर्ती जमुनाह बजारबाट फर्किने क्रममा नरैनापुरस्थित मटैहिया, जमुनी र गङ्गापुर लगायत गाउँका स्थानीयहरू बाढीमा फसेका थिए ।

उद्धार सामग्रीसहित तत्कालै उक्त स्थानमा पुगेको बीओपी गङ्गापुर विपद् व्यवस्थापन टोलीले उनीहरूको उद्धार गरेको थियो । 

उद्धार कार्यमा प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, प्रहरी प्रमुख सन्तोषसिंह राठौर, सशस्त्र प्रहरी नं.३० बागेश्वरी गण प्रमुख रमेशविक्रम शाहीलगायत खटिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button