तपाईँ सुन्दै हुनुहुन्छः

‘विद्युतीय कारोबारलाई प्रवर्द्धन, नियमन र व्यवस्थित बनाउन विधेयकमा व्यवस्था गरिनुपर्ने’

काठमाडौँ । वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयकले व्यापारी र उपभोक्ता दुवैबीच विश्वासको सम्बन्ध स्थापित गर्ने बताउनुभएको छ ।

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आजको बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० माथिको सैद्धान्तिक छलफलमा मन्त्री रिजालले इ–कर्मसको माध्यमबाट सुरक्षित कारोबारका लागि सेवा प्रदायक र उपभोक्तालाई विश्वस्त बनाउने बताउनुभयो ।

मन्त्री रिजालले कारोबारमा व्यवसायमा उत्पादक वा उपभोक्ता दुवै ठगी हुने वा ठग्ने प्रवृत्तिलाई विधेयकले नियमन गर्ने र सबैको हितलाई समेट्ने बताउनुभयो । 

छलफलमा सहभागी सांसदहरुले विद्युतीय कारोबारलाई प्रवर्द्धन, नियमन र व्यवस्थित बनाउन सबै पक्षहरूमा विधेयकमा व्यवस्था गरिनुपर्ने सुझाव राख्नुभएको छ । 

छलफलमा सांसद डा.बिमला राई पौडेलले विद्युतीय कारोबारलाई सहज र व्यवस्थित बनाउन सबै किसिमका व्यवसायी र उपभोक्तालाई ध्यानमा राखी सहजता हुने गरीका प्रावधान राख्नुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button