तपाईँ सुन्दै हुनुहुन्छः

गैर हाजिर रहेका प्रहरीलाई सम्पर्कमा आउन आग्रह

काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्सालले बिदा स्वीकृत नगराई कार्यालयमा हाजिर नभएका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । 

एक जना हबल्दार, पाँच जना सहायक हबल्दार र १६ जना जवान लामो समयदेखि गैर हाजिर रहेको जनाइएको छ ।

प्रहरी प्रधान कार्यालयले आज एक सूचना प्रकाशित गरी गैर हाजिरी हुनाका कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन आग्रह गरेको हो । 

गैर हाजिरी रहेका एक हबल्दार, पाँच सहायक हबल्दार र १६ जना जवानलाई स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन उक्त सूचनामार्फत प्रहरी प्रधान कार्यालयले निर्देशनसमेत दिएको छ । 

निर्देशन अटेर गरेमा सेवाबाट हटाइने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button