निर्मला पन्त हत्या प्रकरणका पाँच वर्ष : कहिले आउला घटनाको निष्कर्ष ?
कञ्चनपुर। पाँच वर्षअघि २०७५ साउन ११ गते बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला प¥यो ।
साउन १० गतेका दिन साथी रोशनी बमको घर गएकी निर्मलाको शव भोलिपल्ट बिहान सालघारीको खोला किनारमै उखुबारीमा फेला परेको थियो । उक्त घटना नेपालमा मात्रै होइन, अन्तर्राष्ट्रिय स्तरमै चर्चाको विषय बन्यो । घटनापछि लामो समयसम्म आन्दोलन नै भयो । जसले थप जनधनको समेत क्षति हुन पुग्यो । प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा एक सय भन्दा बढी व्यक्तिहरूमा अनुसन्धान ग¥यो । केहीलाई त थुनामै पनि राख्यो ।
तर पनि घटनामा संलग्न अपराधीलाई अझैसम्म पनि पत्ता लगाउन सकिएको छैन । अहिले पनि निर्मलाको परिवारले निर्मलाको बलात्कारपछि हत्या प्रकरणमा संलग्न दोषीलाई पत्ता लगाई कानुनी कारबाहीका लागि हारगुहार गरिरहेको छ । घटनाबारे सूक्ष्म ढङ्गले विभिन्न कोणबाट प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्