घाम पावर मिनिग्रेट आयोजनाबाट २ सय ३० घर लाभान्वित
मुगु । मुगु जिल्लाको सदरमुकाम गमगढीबाट उत्तर पश्चिम दिशामा पर्ने दुर्गम सोरु गाउँपालिकामा घाम पावर मिनिग्रेट आयोजनाबाट सोरुका २ सय ३० भन्दा बढी घरपरिवार बिजुली बत्तीबाट लाभान्वित भएका छन् ।

वर्षौंदेखि झरोको दियालो बाल्दै आएका सोरु गाउँपालिका वडा ६ का गाउँ सोरुकोट बजार, सोरुकोट गाउँ, बम्जाआँ, जिमा गाउँका गरी २ सय भन्दा बढी घरधुरीमा बिजुली बत्ती पुगेको छ ।
घरमा बिजुली बत्ती बलेपछि स्थानीय बासिन्दा विशेष गरि रातीको समयमा काम गर्ने महिला र पढ्ने विद्यार्थीका साथै गाउँपालिकाको दैनिक प्रशासनिक काम पनि सहज भएको छ ।

सोरु गाउँपालिकाको रु ३४ लाख र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ३ करोड गरी जम्मा ३ करोड ३४ लाखमा उक्त आयोजना सम्पन्न भएको घाम पावर मिनिग्रेटका प्रोजेक्ट म्यानेजर जीवन टोयानाले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्