तपाईँ सुन्दै हुनुहुन्छः

अर्थतन्त्र चलायमान हुदैछ, राजस्व सुधार हुँदै जान्छ : अर्थमन्त्री महत

भैरहवा I अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले अर्थतन्त्र चलायमान हुँदै गएकोले राजस्व स्थितिमा सुधार हुँदै जाने बताउनु भएको छ । 

भैरहवा भन्सार कार्यालयको अवलोकन गर्नुहुँदै मन्त्री महतले राजस्वको दायर बढाउन विभिन्न करहरू प्रस्ताव गरिएको बताउनुभयो ।

मन्त्री महतले भैरहवा भन्सार कार्यालय, भन्सार कार्यालयको यात्रु शाखा, पार्किङ यार्ड, निर्माणाधीन एकीकृत जाँच चौकी (आईसीपी), नेपाल भारतको सीमा लगायतको अवलोकन पनि गर्नुभएको थियो । अवलोकनकै क्रममा उहाँले कर्मचारीहरूलाई व्यक्तिगत फाइँदाको लागि नभई संस्थागत उत्तरदायित्व पुरा गर्न निर्देशन दिनुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button