तपाईँ सुन्दै हुनुहुन्छः

फोहोरमैला व्यवस्थापन साझा समस्या : मन्त्री गुरुङ

भक्तपुर । सहरी विकासमन्त्री सीता गुरुङले फोहोरमैला व्यवस्थापन कुनै एउटा पालिका वा उपत्यकाको मात्रै समस्या नभई देशभरकै पालिकाहरूको साझा समस्या भएको बताउनुभएको छ ।

फोहोरमैला व्यवस्थापन कार्ययोजनाका बारेमा आज आयोजित छलफलमा उहाँले फोहोर व्यवस्थापनको दीर्घकालीन समस्या समाधान गर्न सम्बन्धित सरोकारवालाहरूसँग निरन्तर छलफल आवश्यक रहेको बताउनुभयो ।

मन्त्री गुरुङले सहरी विकास मन्त्रालयले निर्माण गरेको ल्यान्डफिल साइट हस्तान्तरणमा अन्योल सिर्जना भएको र यसका लागि सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले फोहोर व्यवस्थापनबारे सङ्घ, प्रदेश र स्थानीय तहको जिम्मेवारी स्पष्ट नहुँदा अन्योल निम्तिएको बताउँदै प्लास्टिकजन्य सामग्रीहरूको प्रयोगमाथि स्थानीय तहहरूले प्रतिबन्ध लगाउनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले फोहोरमैला व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिन नहुने बताउँदै फोहोर व्यवस्थापन एकै ठाउँमा नगरी विकेन्द्रित गर्नुपर्ने र फोहोर व्यवस्थापनका लागि स्थानीय तहलाई आवश्यक बजेट तथा उपकरणहरूको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाले फोहोरलाई स्रोतबाटै कम गर्ने उद्देश्यले घरघरबाटै कुहिने र नकुहिने अलग अलग फोहोर सङ्कलन गर्दै आइरहेको भन्दै नागरिकहरूलाई कौसी खेती, कम्पोष्ट मल बनाउने विधिबारे तालिम दिँदै आएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button