‘बाल सुधार गृहहरूमा क्षमताभन्दा बढी बालबालिका रहेकाले व्यवस्थापनमा समस्या’
काठमाडौँ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा माहिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट सम्पादन भएका कामकारबाहीका सम्बन्धमा छलफल भएको छ ।

समितिको संसद् सचिवालय सिंहदरबारमा आज बसेको बैठकमा मन्त्रालयका सचिव सुमनराज अर्यालले बाल सुधार गृहहरूमा क्षमताभन्दा बढी बालबालिका रहेकाले व्यवस्थापनमा समस्या देखिएको बताउनुभयो ।
उहाँले मङ्गला सहाना पुनर्स्थापना केन्द्र तथा ज्येष्ठ नागरिक अस्पताल निर्माणको प्रक्रिया अगाडि बढेको जानकारी गराउनुभयो ।

बैठकमा सांसदहरुले मन्त्रालयबाट बजेटले व्यवस्था गरे अनुसारको काम समयमा सम्पन्न नहुँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूले समयमा सेवा पाउन नसेकेको बताउनुभयो ।
समितिका सांसदहरुले मन्त्रालय अन्तरगत भइरहेका कामको अनुगमन गर्दा सरकारले छुट्टाएको बजेट सम्बन्धित कार्यक्रममा नगरेर दातृ निकायसँग सहकार्य गरेको देखिएको ५० जना क्षमता भएको बाल सुधार गृहहरूमा २०० जनाभन्दा बढी बालबालिका राखिएकाले तत्काल उचित व्यवस्थापन गर्न सरकारसँग माग गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्