एकै रातमा ७ घरमा आगजनी, शङ्कास्पद १० जना प्रहरी नियन्त्रणमा
जुम्ला । जुम्लाको गुठीचौरमा शृङ्खलाबद्ध रुपमा आगलागी भएपछि अनुसन्धानको क्रममा प्रहरीले शङ्कास्पद दश जनालाई नियन्त्रणमा लिएको छ । गुठिचौर क्षेत्रकै १० जना लाई घटनाको अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।

प्रहरी निरीक्षक धर्मराज जोशीले आगलागी भएका ठाउँका दश जनालाई नियन्त्रणमा लिएर उनीहरूमाथि अनुसन्धान भइरहेको बताउनुभयो ।
गुठीचौर गाउँपालिका–४ का विभिन्न वडा र गाउँमा शनिवार राती शृङ्खलाबद्ध रुपमा ६ वटा र चन्दननाथमा एक गरी सात वटा घरमा आगलागी भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्