प्रदेश सरकार अबदेखि दुर्गम गाउँमा भेटिनेछ : मन्त्री धामी
बैतडी । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश सिंह धामीले सुदूरपश्चिम प्रदेश सरकार अब दुर्गम गाउँमा भेटिने बताउनुभएको छ ।

बैतडीको दुर्गम सिगास गाउँपालिका–३ स्थित खानेपानी आयोजना उद्घाटन गर्न बैतडी पुग्नुभएका मन्त्री धामीले प्रदेश सरकार अबदेखि दुर्गम गाउँ–गाउँमा भेटिने बताउनुभयो ।
मन्त्री बनेकै दिन दुर्गम बस्तीका समस्या समाधान गर्ने कसम खाएको धामीले स्मरण गर्नुभयो । उद्योग पर्यटन, वन तथा वातावरण क्षेत्रसँग सम्बन्धित माग लिएर मन्त्रालयमा आउन उहाँको आग्रह छ ।







प्रतिक्रिया राख्नुहोस्