ओम रिजालको ‘हटारू’ माथि विमर्श गरिएको छ ।
काठमाडौँ । सर्वनाम थिएटर कालिकास्थान, काठमाडौँमा आज आयोजित कार्यक्रममा बोल्ने वक्ताहरू ओम रिजालको ‘हटारू’ उपन्यासले उठाएका विषयवस्तुको सान्दर्भिकता आज पनि उत्तिकै रहेको बताउनुभएको छ ।
वक्ता उषा हमालले उपन्यासले समग्र कर्णाली प्रदेशको भाषा र संस्कृतिको बारेमा जानकारी दिने धारणा राख्नुभयो ।
डा. गीता त्रिपाठीले उपन्यासले उठाएको महिलाहरूले भोग्नुपरेको समस्याको सान्दर्भिकता आज पनि उत्तिकै रहेको बताउनुभयो ।
रञ्जना निरौलाले उपन्यासले कर्णालीको संस्कृतिलाई सूक्ष्म रुपमा उठाएको भन्दै नयाँ पुस्ताका लागि संस्कृति अध्ययनको दस्ताबेज हुने विश्वास व्यक्त गर्नुभयो ।
लेखक ओम रिजालले सय बर्ष अघिको दैलेखको सामाजिक र सांस्कृतिक अवस्थालाई उपन्यासको विषय बनाएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्