माछा मार्न प्रयोग गरिने जालमा फसी एक जनाको मृत्यु
पाल्पा । कालीगण्डकी नदीमा माछा मार्न गएका एक व्यक्तिको माछा मार्न प्रयोग गरिने जालमा फसी पानीमा डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा रम्भा गाउँपालिका २ रानिबासका २६ वर्षीय कोपिल पाँडे रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिनुभयो ।
उनी रम्भा गाउँपालिका १ छापस्थित दल बहादुर पाण्डेको घरमा आफ्नै आमासँग बस्दै आएका थिए । हिजो दिउँसो अन्दाजी १२ बजे आफु बस्ने घरदेखि १ किमी टाढा रहेको कालीगण्डकी नदीमा उनी माछा मार्न गएका थिए ।
प्रहरीले मृत्युको शव पोस्टमार्टमको लागि रामपुर अस्पताल पठाएको र घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्