बिपी कोइरालाको ४१औँ स्मृति दिवसमा बाँकेमा माल्यार्पण कार्यक्रम

बाँके ।नेपाली कांग्रेस, बाँकेले आफ्ना पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री जननायक बिपी कोइरालाको ४१औँ स्मृति दिवसमा माल्यार्पण कार्यक्रम गरेको छ ।
नेपालगञ्ज बिपी चोकस्थित बिपीको शालिकमा आज बिहान माल्यार्पण गरिएको हो ।
माल्यार्पण कार्यक्रममा नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडलेले बिपी विचार र मार्गदर्शनलाई काँग्रेसले आफ्नो पार्टी जीवनमा अबलम्बन गर्दै समुन्नत मुलुक निर्माणको अभियानमा जुट्नुपर्ने बताउनुभयो ।
कांग्रेस एकजुट भए कसैले पनि काँग्रेसको बेगलाई रोक्न नसक्ने भन्दै गौडेलले पार्टीमा अभूतपूर्व एकतामा जोड दिनुभयो । उहाँले गाउँगाउँमा साङ्गठनिक अवस्था मजबुत बनाउनतर्फ लाग्न पनि नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ।
माल्यार्पण कार्यक्रमलाई पूर्व पार्टी सभापति एवम् पूर्व मन्त्री गजेन्द्रबहादुर हमाल, संविधानसभा सदस्य एवम् लुम्बिनी प्रदेशका सांसद बादशाह कुर्मी, संविधानसभा सदस्य अब्दुल हमिद सिद्धिकी (भोला)ले सम्बोधन गर्दै बिपी विचार, सिद्धान्त र निष्ठा हरेक कांग्रेस जनका लागि माग दर्शन भएको बताउनुभयो ।
पाटी सचिव सुधांशु कोइरालाले सञ्चालन गरेको कार्यक्रममा पार्टी पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक सङ्गठनका प्रमुखलगायत नेता कार्यकर्ता उपस्थित थिए ।
सचिव कोइरालाका अनुसार जिल्लाको परिपत्रअनुसार आज विभिन्न पालिकामा वृक्षारोपण लगायतका कार्यक्रमहरू भइरहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्