तपाईँ सुन्दै हुनुहुन्छः

ललिता निवास प्रकरण: हेर्दाहेर्दैमा राखिएका बन्दीका रिटमाथिको सुनुवाइ आज पनि जारी  

काठमाडौँ I ललिता निवास प्रकरणमा परेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज पनि सुनुवाइ भइरहेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासले बुधवार हेर्दा हेर्दैमा राखेको सो रिटमाथि आजको सुनवाइ सुरु गरेको हो । 

इजलासमा बुधवार बहस हुँदाहुँदै समय सकिएपछि रिट निवेदनमाथिको सुनुवाइ हेर्दै हेर्दैमा राखिएको थियो  । 

ललिता निवास प्रकरणको अभियोगमा प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेपछि निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतम लगायतले सर्वोच्च अदालतमा बन्दीको रिट निवेदन दायर गर्नुभएको  थियो ।

सर्वोच्च अदालतले ललिता निवास प्रकरण सम्बन्धी सो विवादका छुट्टाछुट्टै छ थान रिट निवेदनलाई एकैसाथ राखेर सुनुवाइ गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button