महिला उद्यमीको सशक्तीकरणका लागि “समर फेयर २०२३” को आयोजना गरिने
वीरगञ्ज । महिला उद्यमीको सशक्तीकरण गर्ने उद्देश्यका साथ वीरगञ्जमा “समर फेयर २०२३” को आयोजना गरिने भएको छ ।

विगत १८ वर्षदेखि महिला उद्यमीहरूलाई आफ्नो प्रतिभा, कौशल र उपलब्धिहरूलाई प्रदर्शन गर्न मञ्च उपलब्ध गराउँदै आएको वुमन्स क्रिएसन नामक संस्थाले यस पटक आगामी साउन ६ गते शनिवार वीरगञ्जको होटेल लर्ड्स दियालोमा समर फेयर २०२३ को आयोजना गर्न लागिएको वुमन्स क्रिएसनकी अध्यक्ष हेमा अग्रवालले बताउनुभयो ।
समर फेयरले महिला उद्यमीलाई उनीहरूले उत्पादन गर्ने वस्तु र उपलब्ध गराउने सेवाका बारेमा प्रचार गर्ने एउटा ठूलो मञ्च दिने अग्रवालले बताउनुभयो ।
फेयर मार्फत महिला उद्यमीहरूले आफै जस्तो व्यवसाय, सेवामा आबद्ध उद्यमीहरूसँग भेट्नुका साथै नयाँ ग्राहक बनाउने अवसर पनि पाउने जनाइएको छ । फेयरमा ५० वटा स्टलहरू राखिने जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्