तपाईँ सुन्दै हुनुहुन्छः

उद्योग तथा वाणिज्य समिति : क्रसर उद्योग सहज नवीकरणको माग

काठमाडौँ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा क्रसर बालुवा तथा खानी उद्योगहरूको नवीकरण समस्या समाधानका विषयमा सरोकारवालहरूसँग छलफल भएको छ ।

समितिको संसद् सचिवालय सिंहदरबारमा आज बसेको बैठकमा नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घका अध्यक्ष सिताराम न्यौपानले मुलुकको विकासमा प्रमुख उद्योगका रुपमा रहेको क्रसर उद्योग सहज रुपमा नवीकरण गर्ने व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

कानूनी प्रक्रिया पुरा गरेका क्रसर उद्योगहरूले अवहेलना भोग्नुपरेको भन्दै अध्यक्ष न्यौपानेले करिब ४० अर्ब लगानी रहेका क्रसर उद्योगहरूलाई सहज रुपमा सञ्चालन गर्न मापदण्ड संशोधन गरिदिन सरकारलाई आग्रह गर्नुभयो ।

बैठकमा सांसदहरुले देशभरका क्रसर उद्योग बन्द हुने हो भने विकासका काम ठप्प हुने हुँदा जतिसक्दो चाँडो निकास दिइनुपर्नेमा जोड दिनुभयो ।

सांसदहरुले नेपालका खोला नालाहरूबाट अवैध रुपमा किटी बालुवा झिकेर विक्री वितरण गरिएको भन्दै कतिपय सिमेन्ट उद्योगहरूले समेत क्रसर व्यवसाय सञ्चालन गरेको बताउनुभयो ।

समितिका सभापति रणेन्द्र बराइलीले क्रसर तथा खानी उद्योगमा देखिएको समस्या समाधान गर्न सम्बन्धित मन्त्री र मन्त्रालयहरूसँग छलफल गरी आवश्यक निष्कर्षमा पुग्ने जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button