तपाईँ सुन्दै हुनुहुन्छः

बाजुराको बुढिनन्दा नगरपालिकाका एक कर्मचारी मृत अवस्थामा  फेला

बाजुरा I बाजुराको  बुढीनन्दा नगरपालिकाका एक कर्मचारी मृत अवस्थामा फेला परेका छन् । 

नगरपालिकाका कृषि शाखा प्रमुख ४८ वर्षीय जयलाल दानी आफ्नै क्वाटर अगाडी कुर्चीमा बसेको अवस्थामा  मृत फेला परेकाे नगरपालिकाले जनाएको छ ।

उनी क्वाटर अगाडी कुर्चीमा बसी रहेको अवस्थामा मृत भेटिएका इलाका प्रहरी चौकी कोल्टिले जनाएको छ । बुढिनन्दा नगरपालिका वडा नम्बर ७ पाण्डुसैन घर भएका दानी कृषि प्राविधिक तर्फ स्थायी कर्मचारी हुन् । 

नगरपालिकाका एक कर्मचारीका अनुसार हिजो अफिसमा आफूलाई बिसन्चो भएको दानिले बताउनु भएको थियो । लामो समय देखी रक्तचापको बिरामीबाट ग्रसित दानी बेला बेला अस्वस्थ भइराख्ने गरेका आफन्तले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button