तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला कारागार धनकुटामा क्षमता भन्दा बढी कैदीबन्दी

धनकुटा । जिल्ला कारागार धनकुटामा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा समस्या हुँदै आएको छ । २५ जनाको क्षमता भएको पुरुष कारागारमा ८९ जना कैदीबन्दी रहेका छन् । त्यस्तै महिला कारागारमा १५ जनाको क्षमतामा ३ जना मात्र कैदीबन्दी रहेका छन्।

पुरुष कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा, रोग लागेका कैदीबन्दी आउँदा एकअर्कालाई रोग सर्ने गरेको छ । कुनै कैदीबन्दी मानसिक रोग लागेका आउने हुँदा त्यसका लागी छुट्टै सुरक्षा चाहिने हुन्छ ।

बिरामी हुँदा उपचारमा समस्या हुने र सुत्न तथा बस्नका लागी समेत समस्या हुने गरेको छ । कोही मानसिक रोगी भएकासँगै राख्नुपर्ने हुँदा रातभरि समेत डिउटी दिनुपर्ने जिल्ला कारागार धनकुटामा कारागार प्रमुख शिव कुमार श्रेष्ठले बताउनु भयो ।
धनकुटामा ३५ लाख खर्च गरेर बनेको नयाँ भवन भएता पनि तर केही प्रतिशत काम मात्र सकिएको छ ।

आर्थिक अभावका कारण काम रोकिएको छ । उक्त नवनिर्मित भवन निर्माणका लागी थप गृह मन्त्रालय र विभागमा गएर काम अगाडी बढाएको जिल्ला कारागार प्रमुख श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button