तपाईँ सुन्दै हुनुहुन्छः

बैङ्किङ कसुरमा पूर्व मन्त्री यादव पक्राउ

नेपालगञ्ज । बैङ्किङ कसुरमा लुम्बिनी प्रदेशका पूर्व मन्त्री विजयबहादुर यादव पक्राउ पर्नुभएको छ ।

रुपन्देहीबाट आएको पक्राउ पुर्जीका आधारमा बाँके प्रहरीले यादवलाई पक्राउ गरेर बुटवल पठाएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बैङ्किङ कसुरमा पक्राउ पूर्जी आएकाले यादवलाई पक्राउ गरेर बुटवल पठाएको जानकारी दिनुभयो । यादवलाई आइतबार साँझ नेपालगञ्जबाट पक्राउ गरिएको हो ।

बाँकेको डुडुवा गाउँपालिका वडा नं। १ होलिया निवासी यादव लुम्बिनी प्रदेशका पूर्व कृषि मन्त्री हुनुहुन्छ । यादवविरुद्ध रुपन्देही प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ । यादवले चिनजानकै व्यक्तिसँग १० लाख बढी रुपैयाँ लिएर समयमा फिर्ता नगरेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button