इच्छाकामनाका कृषकलाई कृषि एम्बुलेन्स हस्तान्तरण

चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण गरेको छ । गाउँपालिकाले इच्छाकामना २ मा अवस्थित हपनी कृषक समूहलाई ७५ प्रतिशत अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिका उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषाल, वडा नं २ का वडाध्यक्ष पंच बहादुर चेपाङ, वडा नं। ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती लगायतको सहभागितामा कृषक समूहका अध्यक्ष एक बहादुर चेपाङलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेको हो ।
इच्छाकामना गाउँपालिकाको पहाडी भुगोलका कृषकहरूले उत्पादन गरेको कृषि उत्पादनलाई बजारसम्म पु¥याउन सहज ढुवानीको लागि आर्थिक वर्ष २०७९।०८० को बजेटबाट अनुदानमा कृषि एम्बुलेन्स उपलब्ध गराएको हो । एम्बुलेन्सको लागत भ्याट सहित २५ लाख ३४ हजार ९ सय ९९ रुपैयाँ ८३ पैसा रुपैयाँ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषालले जानकारी दिनुभयो । उहाँका अनुसार लागत मूल्यको ७५ प्रतिशत रकम गाउँपालिकाले व्यहोरेको छ भने बाँकी २५ प्रतिशत रकम हपनी कृषक समूहले व्यहोरेको छ ।
गाउँमा कृषि एम्बुलेन्स सञ्चालनमा आएसँगै समयमै किसानहरुले आफ्नो उत्पादन सहज र सर्वसुलभ मूल्यमा बजारमा ढुवानी गर्न सक्ने वातावरण बनेको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताउनु भयो । ‘ कृषि उत्पादनको योजनालाई उच्च प्राथमिकता दिएसंँगैं कृषि उत्पादन बजारीकरणका लागि कृषि एम्बुलेन्स हस्तान्तरण गरेका हौँ । ’उहाँले भन्नुभयो,यसले कृषि उपजको उचित मूल्य पाउने र खेर फेल फाल्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास लिएका छौँ ।’
एम्बुलेन्समा सञ्चालनमा आएसँगै गाउँपालिकाको वडा नम्बर १ र २ काउँले, हपनी, मायाटार लगायतका पहाडी भू–भागमा रहेका किसानहरू लाभान्वित हुनेछन् ।








प्रतिक्रिया राख्नुहोस्